काठमाडौँ – कोरोनाका कारण गत बैसाख १६ गतेदेखि बन्द हवाइ उडान आजदेखि शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीवारदेखि आन्तरिक उडान गर्न कम्पनीहरुलाई अनुमति दिएको हो ।


ADVERTISEMENT


मन्त्रालयले गत असार १३ गते स्वास्थ्य मापदण्ड अपनाएर निममित आन्तरिक उडान गर्न दिने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन ओटा उडान स्वीकृति दिइएको छ । यसैगरी, दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक आठ ओटा उडानको अनुमति पाएका छन् ।

मन्त्रालयले कुल उडान संख्याका ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । सोहीअनुरुप आजदेखि उडान शुरु भएको हो । प्राधिकरणले दैनिक ६४ ओटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।