काठमाडौँ – पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङले सर्वोच्चको निर्णय गलत भएको बताएका छन् । तथापि, कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई आफूहरुले मान्ने उनले बताए ।


ADVERTISEMENT


‘संविधान, संवैधानिक अभ्यास, संसारभरि रहेका संसदीय प्रणाली, संसदीय प्रणालीका मूल्य र मान्यताहरु, हामीले अस्वीकृत गरेको निर्दलीय व्यवस्थाका मान्यताहरु लगायत विविध सन्दर्भमा सर्वोच्च अदालतको अदालतको भर्खरै भएको निर्णयले गम्भीर प्रश्न उठ्नेहरु स्थिति देखिन्छ,’ उनले भने, ‘त्यस्ता प्रश्नहरु उठाएको छ । यति गम्भीरतापूर्वक प्रश्नहरु उठाएको छ कि यो फैसला प्रति सहमति हुन सक्ने ठाउँ देखिदैन ।’


ADVERTISEMENT

# # #


सर्वोच्चको निर्णय स्वीकार गर्दै संविधान तथा लोकतान्त्रिक मूल्य र मान्यता बमोजिम निरन्तर संघर्ष गर्दै अगाडि बढ्ने उनले बताए ।