काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्थानीय तहमार्फत किसानहरुलाई आवश्यक परेको मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले धान रोप्ने समयमा किसानहरुले सहज रुपमा मल नपाएको जनाएका थिए । त्यस्तै बैठकले अख्तियारलाई दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा जानकारी माग गर्ने निर्णय समेत भएको सभापति पोखरेलले बताए ।
बैठकले समितिको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।