काठमाडौँ– मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । नोभेम्बर दोस्रो साताबाट सुरु हुने प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।


ADVERTISEMENT


मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि भेन्काटापन्थी राजुको छनोट समितिले ४ वैकल्पिसहित १५ खेलाडी छनोट गरेको हो । नेपाली टोलीमा यू–१९ एसिया कपको छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जित्ने खेलाडीहरुकै बाहुल्य रहेको छ । क्लोज क्याम्पमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाली टोली सोमबार अन्तिम तयारी गर्न बंगलादेशको भ्रमण गर्दैछ । बंगलादेश भ्रमणको दौरानमा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले क्रिरा शिखा प्रोतिस्थानमा तीन वटै अभ्यास खेल खेल्नेछ । टेष्ट मान्यता प्राप्त राष्ट्र सम्मलित एसीसी यू–१९ एसिया कपमा आगामी नोभेम्बर ११ बाट १९ सम्म हुनेछ ।

एसिया कपमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहने छ । एसोसियट राष्ट्रमा नेपाल र मलेसिया रहँदा एक टोलिको टुंगो लागेको छैन । एक टोलि भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछन् ।

नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
सन्दिप सुनार
प्रनित थापा मगर
अनिल कुमार शाह
पवन शर्रफ
आसिफ शेख
किशोर महतो
शाहब आलम
प्रकाश केसी
कमल सिंह एरी
भिम सार्की
राशिद खान
जितेन्द्र सिंह

वैकल्पिक
सुन्दिप जोरा
विक्रम कुमार भुसाल
अंकित सुवेदी
विजय चौधरी