काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष बच्चनबहादुर सिंहले आज सर्वोच्च अदालतको फैसला पछि उत्पन्न परिस्थिती समाधान गर्न राष्ट्रपतिले देशमा संकटकाल लगाउनु पर्ने बताएका छन् ।
हिमालयपोष्टसंग कुरा गर्दे उनले अदालतलाई प्रयोग गरी विपक्षी गठबन्धनले युरोपियन यूनियनको रुपैँयामा देशलाई अप्ठेरोमा पार्ने गरी काम गरेकोसमेत आरोप लगाएका छन् । उनले यसमा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरु लागेको भन्दै आपत्ति जनाए ।
नेता सिहंले आफ्नो फेसबुकमा लेखेका छन्:
बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा, दल भित्रको बहुमतीय विधि नै निर्णायक विधि हो। आजको सर्वोचको निर्णयले संविधानको बहुदलीय मर्म,भावना र विधिमाथि नाङ्गो प्रहार गरेको छ। अब सर्वोचले नै मन्त्री, प्रधानमन्त्री नियुक्त गरेर अद्यावधिक निर्वाचन प्रणालिको धज्जी उडाउदै, तमाम नेपाली जनताको जनमतको अवमुल्यन गरेको छ।
मुल विषय मुलुक र जनताको हित र रक्षार्थ लाग्नु हरेक नागरिक, पार्टी संगठनको कर्तव हो। युरोपियन युनियनको दबाब र सेटिङ्गमा गरिएको निर्णय नेपाल र नेपालिको हित विपरित मात्र छैन, नेपालको सार्वभौमिकता माथिको नाङ्गो हस्तक्षेप हो। बनेका वा बनाउने हरेक ऐन, कानुन वा न्यायिक निकाय राष्ट्र र राष्ट्रियता भन्दा माथि हुँदैनन् र हुन सक्दैनन।
अब राष्टपतीज्युले राष्ट्र, राष्ट्रियता र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको मर्म र भावनालाइ कायम राख्दै सार्वभौमसत्ता केवल जनता हो । तेसैले संकटकाल घोषणा गर्दै सही कदम चाल्न अपरिहार्य छ।