काठमाडौँ – प्रधानमन्त्रीमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाड्दैछन् । आज बिहान ११ बजे बालुवाटार छाडेर उनी बालकोटस्थित निजी निवास जादैछन् ।


ADVERTISEMENT


एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर बालकोट पुर्याउने तयारी गरेको छ । लामो समयदेखि निश्कृय युथ फोर्स क्षितिज थेबेको नेतृत्वमा मंगलवार ब्युँतिएको थियो । एमालेका युवा ईन्चार्ज महेश बस्नेतले ओलीलाई २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


बालकोटस्थित कार्यकर्ताले ओलीले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

सोमवार सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि मंगलवार देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । मंगलवार साँझ सपथ ग्रहण कार्यक्रमपश्चात् निजी निवास बुढानिलकण्ठ फर्किएका देउवा बालुवाटार सर्ने तयारीमा छन् ।