काठमाडौँ– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा गत साउन १० गते नियुक्त भएका उनले आफ्नो कार्यकालको दशौँ दिन (सोमबार) मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन कार्यक्रममा आफ्ना भावी कार्ययोजना स्वरुप २३ औँ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत उनले आगामी असोजसम्ममा एक तिहाई र चैत्र मसान्तसम्ममा सबै नागरिकले खोप पाइसक्ने जनाउँदै सोहि अनुरुप खोप खरीद प्रक्रिया अघि बढाइएको कुरा समेटेका छन् ।

यस्तै, विदेश जानेको लागि खोप लगाएको प्रमाणपत्र सहजै उपलब्ध गराउने उल्लेख गर्दै उनले कोभिड–१९ को तेस्रो लहरको सम्भाव्यतालाई मध्यनजर गर्दै सोहि अनुरुप उचित स्वास्थ्य सेवा परिचालनका निम्ति पुर्वाधार विस्तार, जनशक्ति व्यवस्थापन तथा पिपिईलगायतको आवश्यक आधारभुत स्वास्थ्य सामाग्री व्यवस्थापन गरिएको समेत  उल्लेख गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सार्वजनिक कार्ययोजना