काठमाडौँ– मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा ‘हल्का हल्का’ बोलको गीत सार्वजनिक भएको छ । लामाले आफ्नै अफिसियल युटुब च्यानलमार्फत आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार गरिएको हो ।


ADVERTISEMENT

# # #


पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन, सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामालगायतको अभिनय देख्न सकिन्छ । रेबन्त बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :