काठमाडौँ – सिताराम–पदम कुमारी फाउन्डेसनले वृक्षारोपण गरेको छ । फाउन्डेसनले भोजपुरको अरूण गाउँपालिकास्थित सुन्दर र उर्वर ‘पुरानागाउँ’मा वृक्षारोपण गरेको हो ।


ADVERTISEMENT


फाउन्डेसनले कागती २ सय विरुवा, रूद्राक्षका २ सय विरुवा र एभोकाडोका १५० विरुवा रोपेको हो ।


ADVERTISEMENT

# # #


सीताराम ढकाल र माता पदमकुमारी ढकालको नाममा गत फागुन ४ गते स्थापना भएको फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको छ ।

वृक्षारोपणमा सहभागी हुनेहरू संस्थाका अध्यक्ष विश्वमणी गौतम, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकाल, स्थानीय वरिष्ठ समाजसेवी गजेन्द्र ढकाल, शिक्षक भिमप्रसाद ढकाल, स्थानीय विपुल दाहाल, स्थानीयहरू डिलानाथ ओझा, रामप्रसाद ढकाल, नवराज ढकाल लगायत स्थानीय समाजसेवी, कृषक, भद्रभलाद्मी, बिध्यार्थीहरू रहेका थिए ।

सो वृक्षारोपणको संरक्षणको जिम्मा गजेन्द्र ढकाल र डिलानाथ ओझाले लिएको फाउन्डेसनले जनाएको छ । मातृभूमिको प्रकृतिलाई हराबरा बनाउन फाउन्डेसनले गरेको कर्मको सबैले प्रशंसा गरेका छन् ।

स्वर्गीय सीताराम ढकालको जन्मभूमि पुराना गाउँ अत्यन्तै सून्दर र उर्वर ठाउँका रूपमा चिनिन्छ । भोजपुरको अरूण गाउँपालिका वडा नम्बर ४ को पानीको प्रमुख श्रोत नै सोही गाउँलाई मानिन्छ । धनकुटाबाट लेगुवाबाट भोजपुर जानेबाटो २० किमि अगाडि बढेपछि लोकमार्गसँगै दाहिने पट्टी ‘पुराना गाउँ अलैँचि क्षेत्र’ भन्ने बोर्डको सँकेत चिन्हले सुन्दर पुराना गाउँ देखाउँछ ।