काठमाडौँ– त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन भइरहेको परीक्षाका विरुद्वमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।


ADVERTISEMENT


कोभिड–१९ को महामारीबीच पनि त्रिविले परीक्षा सञ्चालन गरेको भन्दै परीक्षार्थीहरु उक्त परीक्षा रोक्नुपर्ने माग राख्दै पद्मकन्या बहुमुखी क्याम्पस अगााडि आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


‘नो भ्याक्सिन, नो एग्जाम, वी वान्ट जस्टिस’ को नारासहित आन्दोलनमा उत्रिएका परीक्षार्थीको त्रिविले एउटै कक्षामा एक सय २० जना भन्दा बढि विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेको आरोप छ । र, यसैकारण आफुहरुले सुरक्षाको अनुभुति नगरेको भन्दै उनीहरुले सरकारसमक्ष सम्पुर्ण विद्यार्थीलाई कोभिड–१९ विरुद्वको खोपको निश्चितता गरेपछि मात्रै परीक्षा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

विद्यार्थी आन्दोलनका कारण १ बजेबाट शुरु हुने त्रिविद्वारा जारी स्नाकोत्तर तहका सञ्चालनमा समेत अवरोध खडा भएको छ । केहि विद्यार्थी परीक्षाका लागि परीक्षा हल प्रवेश गरिसकेका छन्, भने केहि विद्यार्थीहरु आन्दोलनरत नै देखिएका छन् । आन्दोलनलाई नियन्त्रणमा लिनका लागि त्यहाँ प्रहरीको टोली समेत पुगेका छन् ।

कोभिड–१९ को जोखिमबीच पनि परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा विद्यार्थीसहित अन्यको चौतर्फी आलोचनाका कारण राष्ट्रिय परीक्षा बोर्डले श्रावण ३१ गतेदेखि जारी सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा अर्काे सुचना नआउन्जेल सम्म्का लागि स्थगितको घोषणा गरेको छ ।

तर, आइतबार बोर्डको उच्च स्तरको परिषद्को बसेको बैठकले त्रिविद्वारा जारी भदौ ५ गतेसम्मका परीक्षाहरु यथावत् नै राख्ने निर्णय गरेको थियो ।