काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले प्रथम महिला आरजु देउवाको हातबाट रक्षा बन्धन समेत बाँधेका छन् ।


ADVERTISEMENT


चारदिने अनौपचारिक भ्रमणका क्रममा काठमाडौं आएका उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने क्रममा बालुवाटारमा राखि बाँधेका हुन् ।


ADVERTISEMENT

# # #


जनै पूर्णीमा अर्थात रक्षा बन्धनका दिन प्रधानमन्त्री पत्नी आरजुले बालुवाटार पुगेका नेता चौथाइवाको हातमा दिदीबहिनीसंग दाजुभाईको प्रगाढ सम्बन्ध गांसिने रक्षा बन्धनको डोरो लगाईदिएकी छन् ।

नेपाल भारत सम्बन्ध बहुआयामिक धार्मिक, साँस्कृतिक समानताका साथ हजारौं बर्ष देखि नै मजबुत रुपमा जोडिदै आएको छ ।

अझ छिमेकी देश भारतबाट पाहुना बनेर आएका नेता चौथाइवालाई प्रथम महिला आरजुले गरेको स्वागत र हार्दिकता सहितको रक्षा बन्धनबाट दुई देशबीचको सम्बन्धको महत्व फेरी एक पटक उँचो बनेको बिश्लेषण गरिएको छ । यस्ले गर्दा नेपाल भारतका जनतासम्ममा आपसी भातृत्वको भावना सञ्चार हुने बिश्वास समेत ब्यक्त गरिएको छ ।