जनकपुर । नेपाल भारत सम्बन्ध बहुआयामिक धार्मिक, साँस्कृतिक समानताका साथ हजारौं बर्ष देखि नै मजबुत रुपमा जोडिदै आएको छ । आज सम्म पनि दुई देशबीचको सम्बन्धको सेतुलाई आपसी भाईचारा, भातृत्व र आपसी हार्दिकताहरुले प्रगाढ बनाएका दृष्टान्तहरु देख्न सकिन्छ ।


ADVERTISEMENT


आईतबार जनैपूर्णीमा अर्थात रक्षा बन्धनका दिन दुई नम्बर प्रदेशको सिमा नाकामा नेपाल भारत सुरक्षा र आपसी भातृत्वको बेजोड दृष्य देखियो ।


ADVERTISEMENT

# # #


सिमा सुरक्षाका लागि दुई नम्बर प्रदेशमा डीआईजी सीपी गौतमको नेतृत्वमा रहेका सशस्त्र प्रहरीका चेलीहरुले सिमामा भारत तर्फका सिमा सुरक्षा बल एसएसवीका प्रहरीहरुलाई रक्षा बन्धन लगाई दिएर चेली माईतीको सम्बन्ध गाँसेका छन् ।

कर्तब्य परायणकै शिलशिलामा सशस्त्र प्रहरीहरुबाट छिमेकी देशका प्रहरीहरुलाई साँस्कृतिक रुपमा नै बाँधेपछि दुई देशबीचको सम्बन्धको गौरव अझ बढाएको बताईएको छ । लामो समय देखिको नेपाल भारत सम्बन्धको महत्वलाई नेपाल भारतका प्रहरीहरुबीच कसिएको चेली माईतीको नाताले थप मजबुत र दीर्घकालिन रुपमा अघि बढाएको भन्दै खुसी ब्यक्त गरिएको छ ।

बिश्वमा नै नेपाल भारत सम्बन्ध बेजोड रहेको भन्दै धार्मिक, साँस्कृतिक, भौगोलिक लगायत बहुआयामिक रुपमा गाँसिएको दुई देशको नातालाई सरकार देखि सुरक्षा निकाय हुँदै जनताको तहसम्म नै हार्दिकतापूर्ण र उदाहरणीय बनाउँदै दुवै देशको विकासमा लगाउनु पर्ने बिज्ञहरुको सुझाव रहेको छ ।

 

No description available.