काठमाडौँ – प्रतिनधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध गरेको छ ।
यसअघि बैठक सुरु हुनासाथ प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गरेका थिए ।
पुनः सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेको छ । सभामुख सापकोटाले नाराबाजीकैबीच कार्यसूचि अघि बढाएका छन् । साथै आर्थिक अध्यादेश पेश गरिएको छ ।