काठमाडौँ – उज्वेकिस्तान जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाइ गरिएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महिला टोलीलाई बिदाइ गरेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टोली उज्वेकिस्तान जान लागेको हो । नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने छन् । विदाइ कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली टिमले १०० प्रतिशत नतिजा निकाल्ने विश्वास व्यक्त गरे । बंगलादेशसंग भएको मैत्रीपूर्ण खेलले खेलाडीमा मनोवल बढेको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै राष्ट्रिय महिला फुटबल टोलीका कप्तान रेनुका नगरकोटीले नयाँ खेलाडीसहितको टीम उच्च मनोवलका साथ मैदान उत्रने बताए ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।