काठमाडौँ– ल्याटिन ए.बी.एस सर्भिस सेन्टर र मेगा बैंकबीच एक व्यवसायिक सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार, कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्ट्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने छ ।
कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।
आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै उक्त सम्झौता गरिएको बैंकले जनाएको छ ।