काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।


ADVERTISEMENT

# #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

#
#