काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अन्ततः मन्त्रिपरिषद्मा आफ्नो भाग पाएका छन् । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवाले राणाका जेठान गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका हुन् ।
हमालले आजै पद तथा गोपनियताको शपथ लिँदैछन् । नेपाली कांग्रेसका सामान्य कार्यकर्ता हमाल गैर-सांसद हुन् ।
नेपालको संविधानमा संघीय संसदको सदस्य नहुँदा पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था रहेको छ । ६ महिनासम्म संसद सदस्य बन्न नसके उसको मन्त्री पद रिक्त हुने प्रावधान रहेको छ । यस हिसाबले हमालले संसदको सदस्य नहुँदा पनि ६ महिना मन्त्री बन्ने पाउने भएका छन् ।
प्रधानन्यायाधीश राणाले यसअघि सरकारमा आफूले भाग खोजेको समाचार असत्य रहेको बताउँदै आएका थिए । सर्वोच्चले प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा कोटा मागेको समाचार पुष्टी गर्न चुनौति दिँदै विज्ञप्ती नै निकालेको थियो ।
यसअघि ओली सरकारमा अर्थमन्त्री रहेकै बेला राष्ट्रियसभामा आफ्नो पदावधि सकिएपछि पनि डा. युवराज खतिवडा ६ महिना मन्त्री बनेका थिए ।