काठमाडौँ–नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।


ADVERTISEMENT


नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूहअन्तर्गत विभिन्न उप-समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा ४ सय १४ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन दिनेले महानगरीय प्रहरी शिक्षालय महाराजगंज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराजसप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा दरखास्त फारम पाइने र बुझाउन सक्नेछन् । ।

यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु
विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले आगामी कात्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्मसम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमासमेत गएर बुझन् सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।