ओखलढुंगा – नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँ कार्यसमितिको आयोजनामा बडादसैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक र स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य आपसी एकता, सद्भाव, भाइचारा तथा सामाजिक सहकार्यलाई थप सुदृढ बनाउनु रहेको नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँ कार्यसमितिका सभापति हुकुम राईले बताए ।
उनले यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समाजमा एकता, सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चाडपर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र स्थानीयवासीबीच आपसी सम्बन्ध र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





























