काठमाडौँ– छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण पत्र सार्वजनिक गरेको छ ।
संस्थाले आफ्नो नाफा लगायतको अन्य प्रमुख सूचकसहितको वित्तिय विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार लघुवित्तको मुनाफासँगै ईपीएस उच्च दरले बढेको देखिएको छ ।
जस अनुसार, संस्था चालु आवको पहिलो त्रैमाससम्ममा संस्थाले २१ करोड ४१ लाख ६ हजार रुपैँया खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा सो नाफा २३१.५३ प्रतिशतले बढी रहेको संस्थाले जनाएको छ । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ४५ लाख ८० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख ६० हजार रूपैयाँ पुगेको छ जबकी गत वर्ष यसै अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४३ करोड २२ लाख ६६ हजार रूपैँया रहेको थियो ।
त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी पनि उल्लेख्य छ। आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ४ करोड २८ लाख ऋणात्मकबाट ३१ करोड ५२ लाख रुपैयाँ धनात्मक भएको छ।
४ करोड २८ लाख ऋणात्मकबाट ३१ करोड ५२ लाख रुपैयाँ धनात्मक भएको छ।
संस्थाद्धारा सार्वजनिक वित्तीय विवरण :