काठमाण्डौं-क्रोएसिया र स्विटजरल्याण्डले बिश्वकपमा स्थान बनाएका छन् ।


ADVERTISEMENT


प्लेअफ अन्तर्गतको दोस्रो लेगमा ग्रीससंग गोलरहित बराबरी खेल्दै क्रोएसिया समग्रमा ४–१ को नतिजा सहित बिश्वकपमा छनोट भएको हो । त्यस्तै दोस्रो लेगमा नर्दन आयरल्याण्डलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड पनि आगामी बिश्वकपका लागी छनोट भएको छ ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्याण्ले बिपक्षीलाई गोल गर्ने कुनै मौका दिएन । समग्रमा १–० को नतिजासहित स्विस टोली बिश्वकपमा छनौट भएको हो । यो संगै बिश्वकप फुटबलमा छनौट हुने राष्ट्रको संख्या २७ पुगेको छ ।

प्लेअफ अन्र्तगत दोस्रो लेगमा आज ईटाली र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा ईटाली स्विडेनसंग १–० ले पराजित भएकाले बिश्वकपमा छनोट हुन आज उसलाई कम्तीमा २–० को जित आबश्यक छ ।