काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच हात हालाहाल र धकेलाधकेलको अवस्था सिर्जना भएको छ।
बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा कानुनव्यवसायी र प्रहरीबीच हातहालाहाल र धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।
बिहान साँढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो । धकेलाधकेलमा दुई जना कानुन व्यवसायी घाइते भएका छन् । बारका केन्द्रीय प्रकाश महर्जन र अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएका हुन् । महर्जनलाई अस्पताल लैजाने तयारी छ ।