काठमाडौं – नेपाली कांग्रेसको १४ औं  महाधिवेशनका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा प्रचार समिति गठन गरेको छ । केन्द्रीय समितिबाट प्रचार समिति संयोजकमा शर्मालाई तोकिएको थियो । हालै प्रचार समितिलाई कांग्रेसले पूर्णतासमेत दिएको छ।


ADVERTISEMENT


गत कात्तिक २८ मा केन्द्रीय समितिबाट सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माको नेतृत्वमा प्रचार समिति गठन गरिएको थियो । समितिका सदस्यहरूमा केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी, दिलिप राई रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रचार समितिमा सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु पनि सदस्य रहने व्यवस्था छ । साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु प्रचार समिति सदस्य रहनेछन् भने नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु पनि सदस्य रहने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।

नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्षहरु, प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरुलाई पनि सदस्य राखिएको छ ।

काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरु तथा प्रचारप्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका सदस्यहरूलाई प्रचार समितिमा सदस्य समावेश गरिएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए।