धनगढी – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ आरजु देउवा अनुपस्थित भएका छन् । उनीहरु दुवै कांग्रेसको सुदूर प्रदेशको अधिवेशनमा अनुपस्थित भएका छन् । दुवै जना मतदानमा अनुपस्थित थिए ।
उनीहरू दुवैजना मतदान गर्न नआएको नेपाली कांग्रेस कैलालीले जनाएको छ । देउवा दम्पती डडेल्धुरा जिल्लाबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।
शनिबार धनगढीमा कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत मतदान भएको थियो । देउवा दम्पती उक्त निर्वाचनमा मतदाता हुन् ।