काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै छ । स्कटल्याण्डको टिटवूडस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राजेको हो ।
खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यू गरेका छन् ।
केही दिन अघि मात्रै उत्कृष्ट प्रदर्शनसहित आईसीसी लिग–२ अन्तर्गतको स्कटल्याण्ड सिरिजका ४ मध्ये ३ खेलमा जित हात पारेको नेपाल सोही प्रदर्शनलाई कायम राख्ने लक्ष्यमा रहेको छ । यता लिग–२ को दुबै खेलमा नेपालसँग पराजित भएको नेदरल्याण्ड्स नेपालविरुद्ध जितको खोजीमा हुनेछ ।
उसले टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग हार व्यहोरोको थियो । लिग–२को सिरिजसकिएसँगै सहभागी टोलीबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज गराउने अभ्याससहित यो सिरिज हुँदैछ । यस सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच २–२ खेलको प्रतिस्पर्धा हुनेछ ।
नेपाली प्लेइङ-११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल साह (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, किरण ठगुन्ना, लोकेश बम, र रुपेश सिंह ।