काभ्रे – नेकपा (एकीकृत समाजवादी) का सचिव एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने बताएका छन् ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्यूत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गरेका हुन् ।
‘म नेकपा (एकीकृत समाजवादी)ले यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ, तपाईंहरू ढुक्कसँग लाग्नुस् । तपाईंहरूलाई हामी निराश हुन दिने छैनौं’, सचिव खतिवडाले भने ।
सचिव खतिवडाले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरीत कुनै पनि काम नगर्ने ठोकुवा गरे ।
‘मलाई कुनै बहुला कुकुरले टोकेको छैन । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिएँ । (एस) पार्टीमा लागेपछि सुरक्षितसाथ आनन्दको सास फेर्न पाएको छु,’ सचिव खतिवडाले भने ।
सचिव खतिवडाले केपी ओलीको पार्टी एमालेलाई नो को संज्ञा दिए । ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले नो पार्टी हो । यो उनीहरूको व्यवहारले प्रष्ट पारिसकेको छ ।’ खतिवडाले भने ।