कास्की – नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको मतदानको गणनामा ४६ मत गन्न बाँकी रहँदै शर्मा विजयी भएका हुन् । शर्मा पौडेल पक्षका हुन् ।
पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना हुँदा शर्माले ५८५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले हालसम्म ५१० मत ल्याएका छन् । मतदानमा कुल ११४६ मत खसेको थियो ।