ललितपुर– प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा सप्तपाताल पोखरीको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


सोमबार श्री राजदल गणमा आयोजित एक कार्यक्रमबीच उनीहरुले संयुक्त रुपमा सो पोखरीको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली सेना र ललितपुर महानगरपालिका बीचको ‘वृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना’ सो पोखरी शिलान्यास गरिएको रक्षा मन्त्रालयले जनाएको छ । नेपाली सेना र लगनखेलस्थित श्री राजदल गणको हाताभित्र अवस्थित दुईवटा पोखरी (सप्तपाताल पोखरी) हरुको पुनर्निर्माण गरी संरक्षण गर्ने सम्बन्धमा गत २०७८ जेष्ठ ३० गते पुलचोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा सो सम्झौता भएको थियो ।

 

कार्यक्रमको उक्त अवसरमा बलाध्यक्ष रथी सरोज प्रताप राणा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, ललितपुर महानगरपालिकाका पदाधिकारीहरु लगायत विभिन्‍न मिडियाका सञ्‍चारकर्मीहरुले समेत सहभागिता जनाएको थियो ।