काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।
पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरेका हुन् ।
पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनको जोड छ । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उहाँले निर्देशन दिदैँ उनले भने, ‘आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।’
देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेको उनको भनाई छ । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेकोउनले बताए । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन निर्देशन दिदैँ उनले भने, ‘अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।’
राजधानी काठमाडौँ र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको जनाउँदै उनले सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको धारणा व्यक्त गरे । राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए । ‘शेरबहादूर देउवा मात्रै होइन काङ्ग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहु’, उनले भने । रासस