काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेता पौडेलद्वारा आज दिइएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकताबद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने विश्वास व्यक्त गरिएको छ । यसका साथै उनले पार्टी सभापतिमा दोहोरिएका देउवालाई लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।’ रासस