काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् ।
२०० मत गन्दा थापाले १२४ मत पाएका छन् । गगन कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् । अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् । शर्माले ६७ मत पाएका छन् ।
त्यसैगरी देउवापक्षका प्रकाशशरण महतले ७०, प्रदीप पौडेल ६७ मत पाएका छन् । शेखर कोइराला प्यानलका मीनेन्द्र रिजालले ४० मत पाएका छन्।