काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) आउने भएको छ । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको लघुवित्तको ३ लाख बढी कित्ता आईपीओ आउने भएको हो ।


ADVERTISEMENT


आईपीओका निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । सोही अनुसार श्रृजनशील लघुवित्तको ३ लाख ३७ हजार २५ कित्ता अर्थात ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँ बराबरको आईपीओ आउने छ ।


ADVERTISEMENT

# # #


उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

चाँडै नै आईपीओ निष्काशन हुने बताइएको छ ।