काठमाडौं – देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


ADVERTISEMENT


अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ।


ADVERTISEMENT

# # #


शनिबार दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैबीच सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।