काठमाडौं – सरकार सञ्चालन प्रभावकारी बनाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता साझेदार दलका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि वरिष्ठ नेता पौडेलका अनुसार केन्द्रको संयन्त्रले सबै प्रदेश समितिलाई निर्देशन जारी गर्ने र सत्तारूढ दलका प्रदेश नेतृत्व सम्मिलित समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


पौडेलले भने, “सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार बनाइनुभएका साथीहरूलाई जिताउनका लागि केन्द्रबाट निर्देशन दिने र सातै प्रदेशमा पाँच दलका प्रतिनिधि रहेको समन्वय समिति गठन गरेर अघि बढ्ने निर्णय भएको छ ।” साथै सत्तारूढ दलको केन्द्रीय नेतृत्वले पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन सर्कुलर जारी गर्ने निर्णय भएको एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसालले बताए ।

नेता पौडेलका अनुसार राष्ट्रिय सभा निर्वाचनसँगै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे पनि बैठकमा छलफल भएको छ । आउँदो माघ १२ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ ।  गोरखापत्र दैनिकबाट ।