काठमाडौं – विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापच्छ्रे बैंकले सी.जी. ग्रुपद्वारा प्रवद्र्वित, युनाईटेड रेमिट संग औपचारिक सम्झौता गरेको छ ।

बैंकले यु.के., जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट््यान्स मार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिट संग सहकार्य गरि विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो ।


ADVERTISEMENT

# #


उक्त सम्झौता पछि बिभिन्न देशमा रहेका युनाईटेड रेमिटको प्रतिनिधी कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग बैंकका १५६ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ । उक्त सम्झौतापत्रमा युनाईटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापच्छ्रे बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

स्थापना कालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम तथा हिमाल देखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।


ADVERTISEMENT

#
#