काठमाण्डौं-पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ७–१ ले हराएको हो । पेरिसमा भएको खेलमा सेल्टिकले अग्रता भने पहिलो मिनेटमा नै मौसा डेम्बेलेको गोलबाट लिएको थियो । तर, यो लामो समय टिक्न सकेन ।


ADVERTISEMENT


नवौं मिनेटमा नेयमारले बराबरी गोल गरे । २२ औं मिनेटमा दोस्रो गोल गरेका उनले काभानीले गोलको पास मिलाए । एमबापेले ३५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो । दोस्रो हाफमा ५ मिनेटभित्र मार्को भेराटी, काभानी र ड्यानी आल्भेसले गोल गरे । यो च्याम्पियन्स लिगमा पीएसजीको अहिलेसम्मकै ठूलो जित हो । यसअघि उसले सेल्टिकमामथि नै ५–० को जित निकालेको थियो ।


ADVERTISEMENT

# # #


समूह बीबाट पीएसजीसँगै बार्यन म्युनिख अन्तिम १६ मा पुगिसकका छन् तर, सेल्टिकलाई तेस्रो हुने अवसर छ ।