काठमाडौं – बडादशै अन्तर्गत महाअष्टमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारी साधन न्यून देखिएको छ ।

नवरात्रको अन्य दिनको तुलनामा आइतबार महाअष्टमीका दिन उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधान सञ्चालनमा छन् । त्यसैगरि दशै मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो ।


ADVERTISEMENT

# #


दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको संख्या तीव्र रुपमा बढेको थियो । उपत्यकाका सडकमा न्यून सवारी साधन चलेपछि तीव्र गतिलाई नियन्त्रण गर्न बिभिन्न स्थानमा चेकजाँच भइरहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै सिसिटिभि क्यामेराबाट पनि निरन्तर निगरानी गरिएको कार्यालयले जानकारी दिएको छ ।