काठमाडौं- काठमाडौंको रानीबारीबाट चोरी भएको स्कुटरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको होन्डा डियो स्कुटर गत भदौ १४ गते राति चोरी भएको थियो।
घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा प्रहरीले असोज ३० गते साँझ काठमाडौंको तारकेश्वर नगरपालिका–९ नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित दुई जनालाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# #


पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको प्रहरीले जनाएको छ।