काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–१ बादरेभीरमा हेटौँडा–भैँसे सडकखण्डमा भाडाको विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ईभी दिउँसो करिब साढे १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर नालामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रौतहटका ५० वर्षीय हरि साहको अवस्था गम्भीर रहेको छ । उनको प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।


ADVERTISEMENT

# #


दुर्घटनापछि ईभी चालक घटनास्थलबाट फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।