नुवाकोट– नागरिक समाजको सकारात्मक छवि निर्माणका लागि पादर्शिता, जवाफदेहिता र निष्पक्षताको खाँचो रहेको सरोकार भएकाहरुले बताएका छन् ।


ADVERTISEMENT


सदरमुकाम विदुरमा इन्सेकले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले नागरिक समाजका रुपमा सक्रिय हुनेहरु आफैमा पारदर्शी र समाजप्रति जवाफदेही भएमा नागरिक समाजको सकारात्मक छवि निर्माण हुने बताएका हुन् । समाजले सरकारी निकाय, गैरसकारी निकाय र सेवाग्राहीबीच निष्पक्ष रुपमा भूमिका खेल्नुपर्ने सहभागीको जोड थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नुवाकोटका अध्यक्ष मीनकुमार केसीले सामाजिक सङ्घसंस्था आफै पारदर्शी हुनुपर्ने र आफूले गरेका कामप्रति जवाफदेही भए मात्र सकारात्मक छवि निर्माण हुने बताए ।

नेपाल नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले सामाजिक अभियानमा लागेका सबै नागरिक समाजको सदस्य रहने र यसको कुनै निश्चित सीमा नरहने जानकारी दिँदै सामाजिक रुपमा सक्रिय हुनेले आफ्ना काम इमान्दारीपूर्वक गरेमा समाजको सकारात्मक छवि निर्माण हुने बताए ।
महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष शर्मिला थापा मगरले नागरिक समाजका सदस्यले राजनीतिक दलभन्दा माथि उठेर आफ्नो अभियान सञ्चालन गर्नुपर्ने बताइन् । बेलकोटका भूकम्पपीडित बद्री मिजारले सङ्घसंस्थाले पारदर्शी रुपमा काम नगरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने उल्लेख गरे ।