काठमाण्डौं-निर्वाचनको अघिल्लो दिन जाजरकोटको कुशे गाउँपालिकाको एक नम्बर वडाका अध्यक्षलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका छन् । राति २ बजे गाउँपालिका कार्यालय नजिकैबाट नेकपाका चार पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए । भोली हुने निर्वाचनको तयारीका बारेमा छलफल भइरहदा विप्लवका कार्यकर्ताले लछार पछार गर्दै लगेको उनले बताए ।
नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले वडाध्यक्ष नेपालीलाई अपहरण गेको स्वीकार गरेका छन् । आइतबार हुने निर्वाचन रोक्ने उद्देश्यले नेपालीलाई अपहरण गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेश धिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ को वडाध्यक्ष चुनिएका हुन्।