काठमाण्डौं-बालिका बलात्कारको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


तीन बर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षीय एक बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरका सबै सदस्य सँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको आरोप बालकले स्वीकार गरेको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


निम्न आयस्तर भएको बालिकाको परिवारलाई मिल्नका लागि दवाव दिई नीजि अस्पतालमा बालिकाको उपचार गर्नका लागि लगिएको थियो । यस्ता घटनामा नीजि अस्पतालले उपचार नगर्ने बताएपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिए पछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद फागोले बताए ।

बालिकाको शुक्रबार जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका बालकलाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक फागोले बताए ।