काठमाडौँ– धुम्वाराहीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल) सिल्भर जुब्लीमा प्रवेश गरेको छ । अस्पताल आज वैशाख १ गतेदेखी २४ औं वसन्त पार गरी २५ औं वर्षमा प्रवेश गरेको हो ।
सोहि अवसरमा ह्याम्सले सर्वसाधारणहरुको सुविधालाई मध्यनजर गर्दै यो वर्षभरि लागु हुने गरी विभिन्न सेवा सुविधाहरु समेत सार्वजनिक गरेको छ । जसअनुरुप अस्पतालले अबका प्रत्येक शनिवार निःशुल्क ओपिडि सेवा दिदैँ अन्य सेवामा पनि विशेष छुट दिने व्यवस्था गरेको छ ।
यस्तै, अस्पातलले यस वर्ष देशभरि नै आवश्यकता अनुसार, विभिन्न निशुल्क शिविरहरु सञ्चालन गर्नेछ, भने अस्पतालमा सेवा लिने बिरामीहरुलाई छुट प्राप्त हुने ‘ह्याम्स फेमिली मेम्बर कार्ड’ समेत वितरण गरिनेछ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा सेवामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको ह्याम्सले सोहि अनुरुप यो सेवा ल्याएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैँ जाने प्रतिबद्वता जनाएको छ ।