काठमाडौँ – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । मेयर दाहालले शुक्रबार जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचनमा राजीनामा घोषणा गर्दै उपमेयर पार्वती शाह ठकुरीलाई राजीना पत्रमा बुझाएकी हुन्।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि भरतपुको मेयरको उम्मेदवार बन्न उनले राजीनामा दिएकी हुन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्न हाल बाहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता जारी गरेको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय चुनावमा तालमेल गर्ने निर्णयसँगै भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाएको थियो । यससँगै रेणु गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बन्ने पक्का भएको छ ।
यसअघि काँग्रेसको समर्थनमा रेणुले एमालेका वेदी ज्ञवालीलाई २९३ मतले हराउँदै मेयरमा निर्वाचित भएकी थिइन् ।