काठमाडौँ – बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । करैयामाई गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन् ।


ADVERTISEMENT


कांग्रेस उम्मेदवार भुनेश्‍वर धामीलाई पराजित गरेका यादवले ५ हजार ५ सय ९८ मत ल्याई विजयी भएका थिए । कांग्रेस उम्मेदवार धामीले ३ हजार ४ सयमत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपाध्यक्षमा ५ हजार ४ सय ३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखा कुमारी चौधरीले ३ हजार १ सय ७२ मत ल्याएकी छन् ।