काठमाडौं – सल्यानको शारदा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्। कांग्रेसका उम्मेदवार प्रकाश भण्डारीले ६ हजार २ सय १७ मतसहित नगरप्रमुख पद जितेका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार मनोजकुमार प्रधान पराजित गरे। प्रधानले ४ हजार ९ सय ३७ मत पाएका थिए।
यस्तै उपमेयरमा कांग्रेस कै उम्मेदवार सुस्मिता सापकोटा सुनार विजयी भएकी छन्। सुनारले ५ हजार ३ सय ८० मत ल्याएकी छन्। सुनारले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रमेशकुमार गौतमलाई पराजित गरेकी हुन्। गौतमको ४ हजार ५ सय ९५ मत ल्याएका थिए।