काभ्रे – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोककुमार व्याञ्जुकै अग्रता रहेको छ । हालसम्म ४८८० मत ल्याएका उनलाई स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले पछ्याइरहेका छन् ।
स्वतन्त्रबाट धुलिखेको मेयरका उम्मेदवार बस्नेतले २४९० मत ल्याएका छन् । मतगणनाको सुरुआती चरणमा स्वतन्त्र उम्मेदवार बस्नेतले अग्रता लिएका थिए ।
धुलिखेलमा उपप्रमुखमा पनि एमालेकै उम्मेदवारको अग्रता रहेको छ । यहाँ ४११८ मतका सात लालतारा अधिकारी अगाडि छिन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निराजन जंगमले ३४०४ मत ल्याएका छन् ।