दैलेख – दैलेखको चामुण्डा विन्द्रासैन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।


ADVERTISEMENT


नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ४०७० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका सूर्यबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका सूर्यबहादुरले ३९९२ मत पाए । तेस्रो भएको नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १४६२ मत पाए ।


ADVERTISEMENT

# # #


उपमेयरमा पनि कांग्रेसकै मनसरा कुमारी शर्मा विजयी भएकी छन् । उनले ४०३८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी नन्दकुमारी विष्टले ३९९६ मत पाइन् ।

तेस्रो भएकी मजदुर किसान पार्टीकी राजकुमारी शाहीले १२४२ मत ल्याएकी छन् ।