काठमाडौं – महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) साहले दश हजार मत कटाएका छन्।
जेठ ३ गते विहान प्राप्त मत परिणाम अनुसार बालेनले १० हजार २४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितले ५ हजार ४५३ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ भोट पाएका छन्।
करिब २७ हजार मतगणना हुँदासम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५ मत प्राप्त गरेका छन्। आँखीझ्याल चिह्न लिएर लडेका सुमन सायमीले ६९१ र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन्।
निर्वाचन कार्यालयका अनुसार एक लाख ३३ हजार मत गणना हुन बाँकी छ।