दाङ – घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई थप फराकिलो बनाउँदै लगेको छ ।


ADVERTISEMENT


एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)भन्दा ३ हजार मतले अघि छन् ।


ADVERTISEMENT

# # #


चौधरीले १८ हजार ५२१ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार शर्माले १५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेकी हुमा डिसीले १७ हजार ७१८ मत प्राप्त गरेकी छन् । डिसी २४३ मत अन्तरले अघि छिन् । उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १७ हजार ४७५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ४४ हजार ६ सय मत गणना भइसकेको छ ।

हालसम्म वडा नं १, २, १३, १४, १६, १७, १८ र १९ को मत गणना सम्पन्न भइसकेको छ । वडा नं ३, ४, ९, १०, ११, १२ र १५ मा मत गणना जारी छ ।